छोरी खोज्दै आमाको फेसवुकमा रुवाबासी, छोरी भने विरगञ्जको होस्टलमा २० दिनपछि साथीहरुसँग फेला परीन् (भिडियो सहित )

केही दिन यता एक जना महिलाले सामाजिक सञ्जाल फेसवुकमा आफ्नो छोरी खोजिदिन आग्रह सहित अपलोड गरेको भिडियोले निकै चर्चा पाएको थियो । महिलाले आफ्नो १५ वर्षीया छोरी हराएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेकी थिइन् । काठमाडौंको बानेश्वरस्थित मिलन चोकबाट हराएको भनिएकी १५ वर्षीय निक्कली पराजुली २० दिनपछि फेला परेकी छन् । भ्याली भ्यू बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत् उनलाई प्रहरीले वीरगञ्जमा फेला पारेको हो । उनकी आमाले रुँदै छोरी खोजिदिन सबैलाई आग्रह गरेपछि प्रहरीले खोजतलास जारी राखेको थियो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी रामदत्त जोशीका अनुसार पराजुलीको खोजतलास गर्ने क्रममा आइतबार जिल्ला प्रहरी कार्यालय, वीरगञ्जले उनलाई फेला पारेको हो । प्रहरीले बालिकालाई परिवारको जिम्मा लगाइसकेको छ । होस्टलमा बस्ने पराजुली होस्टलवाटै हराएको भन्दै परिवारका सदस्यले खोजि जारी राखेका थिए । भिडियो हेर्नुहोस