आमा बित्दा सानी बुनुलाई काखमा लिएर धेरै रोएँ…. मन थामेर पढ्नुस !

आमा बित्दा सानी बुनुलाई काखमा लिएर धेरै रोएँ…. मन थामेर पढ्नुस !

यो सन्सार नै गरीबिले भरेको झै लाग्छ मलाई ! जति कमाए पनि नपुग्ने र बिस्वाश घात र झुट स्वार्थले भरियो यो मानिसको जिबन । देख्दा आज मलाई नै वाक्क दिक्क लाग्न थालेको छ ।। जब मेरि सानि बुनु थिई त्यति खेर । मेरो घरमा लक्ष्मीले भरिपुर्ण बास गरेको थियो, आमा बिरामि हुनु हुन्थ्यो , तै पनि बिहान उठनु भएर दैलो लिपि पुजा पाठ गरि मलाई उठाउनु हुन्थ्यो बहिनि हेर्नलाई । बिहान ,दिन रात म बुनुलाई नै हेर्ने गर्थे ।

म बुनुलाई काखमा लिई गाउ घुम्न जान्थे, मलाई खेल्न जान पनि फुर्सत हुदैन थियो, म आफ्नो कादम बुनुलाई लिएर मामा घर देखाउन्थे । बुनु निच्च परेर हास्थी, म पनि धेरै खुसि हुन्थे, जब बुनि ,दुई , बर्षकि पुगिन बुनुले पहिलो बोलि नै आमा भनेर बोलिन अनि दादा बाबा भनि अचानक केहि दिन मै आमाको निधन भयो ! म धेरै रोए कराए तर दैबको कानुन कस्ले पो रोक्न सक्छ र,आखा भरि आशु लिई बुनुलाई काखमा च्यापि धेरै रोए, तर बुनु पनि धेरै रुदै थिईन, यस्तो लाग्यो त्यति सानो मान्छेले आफ्नी आमा गुमाएको कसरी थाहा पायो भनेर ।

बिस्तारै दिनहरू आसु र पिडामा डुब्दै बित्दै गयो, बुनु पनि 4 बर्षकि पुगिन, स्कुल जाने समय थियो । म स्कुल जान त सकिन । तर पनि बाबाले दुख गरेर भए पनि मलाई र बुनुलाई पढाउने बिचार गर्नु भयो तर बाबालाई तेति सन्चो नभएको कारण म पढ्न सकिन तर बुनुलाई पढाएर ठुलो मान्छे बनाउने निधो गरे । म पनि कसैको खटनमा काम गर्न थाले, गिट्टी बालुवा चाल्न थाले. . .

एक दिन , बुनुको स्कुल जाने पहिलो दिन थियो । म पनि बुनुलाई खाना खुवाई कपडालगाई स्कुल पुर्याउने तर्खमा थिए ,बुनुले तोते बोलि गर्दै भनि , दादा म त जादिन , म त तपाईसगै बस्ने हो ! मैले भने , बुनु जित्दि नगर ,तिमि ठुलि भैसक्यौ ,अब पढनु लेख्नु पर्छ , अनि ठुलो मान्छे हुनु पर्छ ? बुनुले भनि ,दादा बुई गर्नुन अनि मात्र जान्छु , मैले पनि हुन्छ भने . . . !

स्कुल पुगेर गेट सम्म छोडि दिए, बुनुले बाई बाई दादा भन्दै गईन, म गेटमा उब्भिएर हेरिरहे , तर बुनु लडन पुगिन , आमा भनि रुन थालिन, म दौड्दै गए ,र उनिलाई उठाए तर बुनु धेरै रोईन । कोठा भित्र पुराई राखे, पहिलो दिन भएर होला धेरै बच्चा बच्चि रुदै थिए र मेरि बुनु पनि रुन थालिन, मैले नरोई बस है बुनु भनि हातमा पाचको नोट दिए, बुनु हश भन्दै चुप लागिन, तर म बुनुको आखा छलेर जान थाले, बुनु ,दादा भन्दै खोज्दै रुन थालिन , बुनु रोएको मैले हेर्न सकिन ।

मैले कक्षा कोठा बाट बुनुलाई निकाले, बुनु रुदै तोते बोलिमा भनि, दादा मलाई छोडेर नजानुन, आमाले त छोडेर जानु भयो तपाई पनि नजानुन है, यो कुरा सुनेर मेरो आखा रसायो । र यति सानि मान्छेलाई बोल्न कसले सिकायो भनि सोचमा डुबे । त्यहा बाट बुनुलाई लिएर हिडे भोलि पडनु पर्छनि भन्दै । बुनिले दादा बुई गर्नुन भन्दै थिईन, मैले कादमा बुनुलाई राखे, बाटो बिच आउदै गर्दा एक दाईले बेलुन बेच्दै थियो ?

बुनुले भनि दादा बेलुन बेलुन, मलाई किन्दिनुनस न .. मैले भने भरे बाबाले ठुलो बेलुन किनेर लेराउनु हुन्छ ल बुनु। बुनु मेरो काद माथि उफ्रिन थालिन नाई नाई के नाई दादा भनि, मैले काद बाट ओरालि दिए, र बुनुको मुहार नियालेर हेरे । यस्तो लाग्यो, मेरी बुनु कुनै पसलमा बेच्न राखेकि एक गुडिया जस्तै, मैले नाई भन्न सकिन l

एक बेलुन किनेर दिए । बुनु ,बेलुन उडाउदै दगुर्दै मेरो अघि अघि हिड्न थालिन । मैले कराउदै नदगुर्नु भने, काहा सुन्थिन र , घर नजिक आई पुग्द , घर नजिकैको बाटोमा एक पसल थियो । बुनुले एक गुडिया देखिन ,र फेरि भनि .दादा यो चाहिन्छ ? मैले पसलको साउजि सग सोधे दाई यस्को दाम कति हो ? पसलको दाईले भन्नु भयो ।

250, रुपैया ?

म सग पैसा नपुग थियो ?

मैले बुनुलाई भने ,बुनु म भोलि किनेर दिन्छु ल, अहिले दादा सग पैसा छैन भने तर बुनु खुट्टा पछार्दै नाई नाई भनि रुदै दगुर्न थालि,मैले बुनु यता आउ भने तर अचानक एक बिपरित दिसा बाट आएको कारले ठक्कर दिन पुग्यो ?

मेरो पुरा सरीर चिसो हुन पुक्यो, म आतिए रुदै दौडदै बुनु भएको ठाउमा पुगे मैले बुनु बुनु भनि काखमा राखि चिच्याए तर बुनुले कुनै जबाफ दिनन । म आतिए रोए कराए ,मानिष हरुको घुईचो लाग्दै थियो, मैले बुनुलाई उचालेर दौडन थाले नजिकैको अस्पताल तिर अस्पताल पुगे पछि एमेर्जेन्सि कोठामा लगियो, म बाहिर आखा भरी आशु लिई कुरेर बसे एक छिन पछि डाक्टर निक्लिनु भयो र भन्नु भयो । सरी भई हामिले बचाउन सकेनौ ?

म जिउदो लाश झै भए ,फेरि टुहुरो भएको महसुश भयो, आखा टिलपिल हुदै थियो बुनु भएको ठाउ तिर गए ,बुनुको हात समातेर भने ,बुनु तिमीलाई कहिल्यै स्कुल पठाउ दिन ,म सगै राख्छु जे भने पनि किनेर दिन्छु एक चोटि उठेर बोलि देउन ..तर बुनुले एक बचन पनि बोलि फर्काईनन, बुनुले मलाई, यो संसार नै छोडि गै सकेकि थिईन म आखा भरि आशु लि त्यो मुर्तिलाई पुकारे तर एक बचन पनि सुनेनन ।

ति कुरा र ति दिन आज पनि मनमा गुन्जिन्छ, आज पनि सम्झन्छु अनि बेला बेला रुने गर्छु . . .