निर्मला प्रकरण : अर्को नयाँ टुइस्ट चलचित्र भन्दा कम छैन [भिडियो हेर्नुहोस ]

निर्मला पन्त हत्याकाण्डको अनुसन्धान अवधिभरका लागि निलम्बनमा परेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोराले आफूलाई निर्मला हत्याकाण्डमा जोडेकोमा आपत्ति जनाएका छन् ।विष्टका छोराले लिखित रुपमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘‘कल्पना नै नगरेको निन्दनीय र घृणित कार्यमा एसपी विष्टको छोराको संलग्नता भएको भनी सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रचारप्रसार भएको कुरा निराधार, तथ्यहिन, भ्रामक समाचार प्रेषण गरी व्यक्तिगत चरित्रहत्या गर्न खोजिएकोले आधिकारिकता पुष्टि नभई प्रमाणबिना प्रसारण नगर्न अनुरोध गर्दछु ।’’

साउन १० गते आफ्नो जन्मदिन रहेको र आफू त्यसदिन दिनभर फोटो सुटमा व्यस्त रहेको अनि साँझ घरमै आएर सुतेको पनि उनले उल्लेख गरेका छन् । निर्मला पन्तले न्याय पाउनुपर्ने पक्षमा आफू पनि रहेको र आफूले अनुसन्धानमा पूर्ण सहयोग गर्ने वचन पनि एसपी विष्टका छोराले दिएका छन् । भिडियो हेर्नुहोस