निर्मला हत्या प्रकरणमा एक पछी अर्को नयाँ नयाँ टुइस्ट चलचित्र भन्दा कम छैन [भिडियो हेर्नुहोस ]

भीमत्तद नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको सुरक्षा घेरामा गराइएको दाहसंस्कार गराउन स्थानीय प्रशासनले नेपाली सेनाका सेनानी विशाल सिंहलाई समेत फड्के किनाराको साक्षी राखेको पाइएको छ ।हत्यारा पत्ता लगाएर कडा कार्वाहीको माग गर्दै स्थानीय महिला समूहले प्रदर्शन चर्काउन थालेपछि निर्मलाको हत्या भएको ३ दिनसम्म शव महाकाली अञ्चल अस्पतालमै राखिएको थियो । प्रहरीले शव बुझ्न दबाब दिन थालेपछि घरै छाडेर भीमदत्त वडा नम्बर २ मा बस्ने निर्मलाका बाबुआमा यज्ञराज र दुर्गा घरै छाडेर भाँसीस्थित आफन्तकोमा गएर बसेका थिए ।

तर, प्रहरीले उनीहरुलाई सुरक्षा दिन्छौं, घरमा लगिदिन्छौं भन्दै स्थानीय सुरक्षा बलको घेरामा शव बुझ्ने व्यहोराको कागज बनाएर पीडित परिवारलाई घटना भएको तेस्रो दिन साउन १३ गते राति हस्ताक्षर गराएको खुलेको हो । हत्याकाण्डको विषयमा निर्मलाका अभिभावकलाई कन्भिस गराउन निर्मलाका मामा पर्ने तीर्थराज भण्डारीले मूख्य भूमिका खेलेर १५ लाखमा कुरा मिलाएको भन्दै स्थानीयले प्रदर्शनका क्रममा उनी विरुद्ध चर्का नारा समेत लगाएका थिए । बाकी भिडियोमा हेर्नुहोस