सारा नेपालिला खुसिको खबर : उपचार खर्च तिर्न नसक्दा १६ महिना बन्दी बनाइएका विकको उद्दार । सक्दो शेयर गरौ

काठमाण्डौ, १४ भदौ । बुटवलस्थित जेनस अस्पताल प्रालिले उपचार खर्च नदिएको भन्दै बन्धक बनाएका युवालाई स्थानीय प्रशासनले उद्दार गरेको छ । नवलपरासी प्रतापपुर १ गोपिगन्जका २२ वर्षीय सुरज बिकलाई अस्पतालको बिल अनुसार पैसा तिर्न नसकेपछि अस्पतालले नियन्त्रणमा राखेको थियो ।

आर्थिक अबस्था नाजुक भएका विकलाई इलाका प्रशासन, इलाका प्रहरी कार्यलय, पत्रकार र स्थानीय प्रतिनिधीहरुको छलफल पछी शुक्रवार उद्दार गरिएको छ । उनले अस्पताललाई तिर्ने पैसा चन्दा उठाएर तिर्ने शर्तमा अस्पतालसँग सहमति गरिएको हो । अस्पतालले बिकको कूल उपचार लागतमा २५ प्रतिशत छुटपनि दिएको छ । अस्पताललाई आगमी पुस मसान्तसम्म पैसा तिरिसकिने सहमति पनि गरिएको छ ।

खुट्टा भाँचिएपछि ०७४ जेठ १४ मा जेनसमा भर्ना भएका थिए । तर, अस्पतालले उनको हातमा १५ बिल थमायो । १ कट्ठा जग्गा बन्धक राखेर १ लाख रुपैयाँ उपचार खर्च जोहो गरेका बिकले अस्पतालले दिएको १५ लाख तिर्न नसकेपछि अस्पतालले डिस्चार्ज नदिएको बिकले बताए । यस्तो छ अस्पतालसँग भएको सहमतिपत्र