तीनवटा पहाड फोडेर ३६ वर्ष लगाएर गाउँमा पानी ल्याउने यी व्यक्ति -सलाम हजुरलाई !

तीनवटा पहाड फोडेर ३६ वर्ष लगाएर गाउँमा पानी ल्याउने यी व्यक्ति -सलाम हजुरलाई !
चीनको गुइजहाउ प्रान्तमा रहेको सानो गाउँको जीवनस्तरलाई सुधार्नका लागि ह्वाङ दफाले १० किलोमिटर लामो पानीको नहर बनाउन तीनवटा पहाड फोडे जसका लागि उनलाई ३६ वर्ष लाग्यो ।

कोआवाङ्बा गाउँका प्रमुख ह्वाङ दाफाले सन् १९५९ देखि उक्त योजना सुरु गरेको र यसका लागि उनले आफ्नो जीवनको ३६ वर्ष कडा परिश्रममा लगाएर पूरा गाउँलेका लागि २४ औं पानीको सुविधा प्रदान गरे ।

उक्त नहर गाउँमा आउनुपूर्व कोआवाङ्बाको वरिपरि र त्यहाँका बासिन्दाका लागि पर्याप्त पानी थिएन । पूरै गाउँमा एउटा मात्र इनार थियो जहाँबाट पर्याप्त पानी लिन पाइँदैनथ्यो किनभने एकजनाले धेरै पानी लिँदा अर्काको भागमा अलिकति पनि नरहने डर थियो ।

‘उक्त इनारबाट धेरै पानी लिन नपाइने भन्ने नियम बनाइएको थियो । यदि कसैले यस्तो गरे, कसैको भागमा बिहानको नास्ताको लागि पनि पानी नहोला भन्ने डर थियो । यहाँको यस्तो स्थितीले हामीलाई प्रेरित गर्यो,’ उप–प्रमुख सु झाउले सम्झिए ।‘सिँचाईको कुरा बिर्सिनुहोस् । हामीसँग ३ सय ३० स्क्वायर मिटर धान खेत थियो जुन सुख्खा मौसममा फुटेर चिरा चिरा पर्दथ्यो । समस्या निकै विकराल थियो । त्यसकारण हामीले गम्भीर समाधानको खोजी गर्यौं ।’

ह्वाङ दाफाले आफ्नो गाउँबाट केही किलोमिटर टाढा र तीनवटा पहाडले छुट्याएको एबियाओ गाउँबाट पानी ल्याउने कुरा गर्दा सुरुमा धेरैले उक्त योजनालाई असम्भव बताए ।

योभन्दा अरु उपाय नभएको भनी ह्वाङले आफू यसमा आशावादी भएको बताउँदै केही युवालाई यसमा विश्वास दिलाएर उनीहरुको सहयोगमा सन् १९५९ देखि आफ्नो परियोजनामाथि काम गर्न सुरु गरे । उनी त्यतिबेला २३ वर्षका थिए । तर स्थिती निकै अप्ठेरो थियो । दाफाले आफ्नो मानिसहरुलाई निकै अप्ठेरो र डरलाग्दो कामका लागि नेतृत्व गर्नु थियो ।

ह्वाङले काम गर्दाको सुरुवाती दिनलाई सम्झँदै भने, ‘मैले आफूलाई ३ सय मिटर अग्लो ठाडो भीरमाथि रुखमा बाँधिदिए र एक फड्को मारे । यदि मैले यो साहस नदेखाएको भए कसैले पनि गर्दैनथे ।’ तर उनको साहस देखेर पनि धेरैले उनीजस्तै गर्न हिम्मत गरेनन् किनभने त्यो काम निकै डरलाग्दो थियो ।

गाउँलेले हाते औजार प्रयोग गरेर १०० मिटर सुरुङ खन्न १० वर्ष लगाए । उनीहरुको एक दशकको मेहनतले केही रंग ल्याएन किनभने पानी उनीहरुले सोचेजस्तो बगेन । ह्वाङले आफ्नो संकल्प बलियो भएपनि पानीको बाटो र सिँचाईसम्बन्धि ज्ञान नभएको थाहा पाए त्यसकारण उनले जुन्विज फेङजियाङ टाउनमा वाटर–सिस्टम इन्जिनियरिङको केही वर्ष पढाई गरे ।

उनी सन् १९९० मा पुनः फर्किए र गाउँलेलाई प्रयास गर्न दोस्रोपटक आग्रह गरे । उनीहरुले प्रस्ताव स्विकारे र वाटर च्यानलको काम पुनः सुचारु भयो । ह्वाङ दाफाको नेतृत्वमा गाउँलेले उनीहरुले राम्रो प्रगती गरे । उनी पहाडमा काम गर्दा गर्र्दै उनकी छोरी र नातीको मृत्यु भयो ।

‘मेरी बहिनी मृत्युशय्यामा हुँदासमेत बुवा घरमा हुनुहुन्थेन,’ उनका ५३ वर्षीय छोरा ह्वाङ बिन्क्वानले चाइना डेलीलाई भने । ‘यदि उहाँ निर्माणस्थलमा नभए उक्त काममा लागिपरेका समूहलाई कसरी काम गर्ने भन्ने थाहा हुँदैनथ्यो ।’

सन् १९९५ मा ७ हजार २ सय मिटर लामो नहर अन्ततः पूरा भयो र कोवावाङ्बामा पानी बग्न थाल्यो । यो पानी अन्य तीन गाउँमा बग्छ । यसको नाम दाफा च्यानल राखिएको छ–मास्टरमाइन्डको सम्मानमा ।

‘म कोआङबामा पानी ल्याउन प्रतिबद्ध थिएँ । त्यतिबेलादेखि मानिसहरुसँग प्रशस्तै खानेकुरा भए । भरी पेटको अर्थ शान्त दिमाग,’ ८२ वर्षीय ह्वाङ दाफाले भने । ‘विकासका लागि केही गर्न सक्छौं भने त्यो अवश्य पनि गर्नुपर्छ । हामीले कसैले गरिदेला भनेर सोच्नु हुँदैन । केही नगरी मेरा दर्जनौं वर्ष यत्तिकै खेर जान्थे ।’

इसिएनएसको रिपोर्ट अनुसार उक्त वाटरवेले लगभग १ हजार २ सय मानिस लाभान्वित भएका छन् भने धानको उत्पादनमा २५ किलोबाट ४ लाख किलो प्रतिवर्ष वृद्धि भएको छ ।