बिरामीले पैसा तिर्न नसक्दा १५ महिना बन्दी बनायो अस्पतालले, पैसा नतिरे अझै नछोड्ने धम्की ! (भिडियोसहित)

काठमाडौं, १४ भदौ । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज २७९ औं एपिसोड हो । आजको यस एपिसोडमा पनि विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

यसका साथै आजको एपिसोडमा ‘पैसा तिर्न नसकेको भन्दै जेनस अस्पतालले १५ महिना देखि बिरामीलाई बन्दक बनायो’ शिर्षकमा रिपोर्ट प्रस्तुत गरिएको छ । साथै पीडित सुरज बिक र जेनस अस्पतालसँग पनि फोनवार्ता मार्फत समस्याको समाधानका लागि कुराकानी गरिएको छ ।

आजको यस विशेष एपिसोडमा निम्न शिर्षकमा रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. पैसा तिर्न नसकेको भन्दै जेनस अस्पतालले १५ महिना देखि बिरामीलाई बन्दक बनायो

बुटवल । नवलपरासी प्रतापुर १ का सुरज बिक उपचार खर्च तिर्न नसक्दा १५ महिना देखि बुटवलस्थीत जेनस अस्पताल एण्ड रिसर्जच सेन्टरमा बन्दी सरह बाँचिरहेका छन् । २०७४ जेठ १४ गते साथीको मोटरसाइकल चलाउँदा दुर्घटनामा परी खुट्टा भाँचिएपछि यो अस्पतालमा पुगेका थिए ।

२. शिक्षण अस्पतालको शौचालयमा मनपरी पैसा उठाईदै,

काठमाडौं, १४ भदौ । महाराजगञ्जस्थीत शिक्षण अस्पतालले अस्पतालको शौचालय प्रयोग गरेबापत शुल्क लिने गरेको भेटिएपछि हाम्र्रा दर्शक हरीहर अर्यालले भिडियो नै खिचेर हामीलाई पठाएका छन् ।

सामान्यतया अस्पतालमा शौचालय प्रयोग गरेको शुल्क उठाउन पाइदैन तर शिक्षण अस्पतालमा भने पिशाप गरेको ५ रुपैयाँ र दिशा गरेको १० रुपैयाँ लिने गरेको छ ।