पेट दुख्ने, खाना नपच्ने समस्या छ भने चिन्ता नलिनुस ! ५ मीनेटमा सन्चो गराउने रामबाण

खाना नपच्ने, पेट दुख्ने गर्छ भने चिन्ता नलिनुस !! ५ मीनेटमा सन्चो गराउने रामबाण खाना नपच्ने, पेट दुख्ने गर्छ भने चिन्ता नलिनुस !! ५ मीनेटमा सन्चो गराउने रामबाण खाना नपच्ने, पेट दुख्ने गर्छ भने चिन्ता नलिनुस !! ५ मीनेटमा सन्चो गराउने रामबाण खाना नपच्ने, पेट दुख्ने गर्छ भने चिन्ता नलिनुस !! ५ मीनेटमा सन्चो गराउने रामबाण :

‘लागुपदार्थ निषेध र मदिरा नियन्त्रण’ अभियानमा युवा र विद्यार्थीको साथ
काठमाडौँ, २५ वैशाख (रासस) ः गृह मन्त्रालयले शुरु गर्न लागेको ‘लागुपदार्थ निषेध र मदिरा नियन्त्रण’ अभियानमा आफूहरुको पूर्ण साथ र समर्थन रहने प्रमुख राजनीतक दल आबद्ध विद्यार्थी संगठन र युवा संगठनका नेताहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा नेकपा(एमाले), नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी आबद्ध विद्यार्थी संगठन र युवा संगठनका प्रतिनिधिसहितको छलफलमा विद्यार्थी र युवा नेताले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पाँच पार्टी निकट विद्यार्थी संगठन, युवा संगठनका साथै जनजाति विद्यार्थी महासंघ र जनजाति युवा संघका प्रतिनिधिले पनि छलफलपछि अभियानमा आफू र आफ्नो संगठनको तर्फबाट साथ र सहयोग हुने प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् ।

कार्यक्रममा गृहमन्त्री थापाले केही दिनमै मन्त्रालयले केन्द्रमा काठमाडौँबाट र स्थानीय तहमा देशभरका वडाबाट एकैसाथ ‘लागुपदार्थ निषेध र मदिरा नियन्त्रण’ अभियान शुरु गर्न लागेको जानकारी दिँदै त्यसमा साथ दिन आग्रह गर्नुभयो ।

प्रत्येक वडामा युवा, विद्यार्थी, मजदुर, महिला, नागरिक समाज र सुरक्षाकर्मीसहितको ‘लागुपदार्थ निषेध र मदिरा नियन्त्रण’ समिति गठन गरिने तयारी रहेको उहाँले जानकारी दिनुभयो । सोही समितिले वडामा लागुपदार्थ र मदिराको अवस्थाबारे प्रत्यक्ष निगरानी गरी कारबाही अघि बढाउने छ ।

यस्तो कार्य सुरक्षा निकायको एकल प्रयासले मात्रै सफल हुने नभएकाले स्थानीय जनतालाई नै परिचालन गर्ने मन्त्रालयको नीति रहेको गृहमन्त्रीको भनाइ छ ।

तत्कालै मदिरा निषेध सम्भव नभएपनि निश्चित उमेरका व्यक्तिले निश्चित समय र स्थानमा मात्रै मदिराको प्रयोग र बिक्री वितरण गर्न पाउने गरी योजना ल्याइने गृहमन्त्रीको भनाइ छ ।

छलफलमा गृह सचिव प्रेमकुमार राईले लागुऔषध र मदिराबारे बृहत जनचेतानमूलक कार्यक्रम ल्याइने बताउनुभयो ।

कार्यक्रममा गृहमन्त्री थापा, गृहसचिव राईसहित गृहमन्त्रीका सल्लाहकार सूर्यप्रकाश सुवेदी, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मीलगायतको उपस्थिति रहेको थियो