बिहेको १ महिनाअघि युवतीमाथि बज्रपात, भनिन् ‘आमालाई नभनिदिनु आत्महत्या गर्नुहुन्छ:: पुरा पढ्नु होस तपाई दंग पर्नुहुपुरा हेर्नुसहोस ।

युवतीको एक महिनापछि बिहे हुँदैथियो । तर एक्कासी उनको जीवनमा यस्तो बज्रपात पर्यो जसले यनको जीवन पूरै बर्बाद गरिदिएको थियो । १ महिनापछि बिहे हुन लागेकी ती युवतीलाई एकजना अटोरिक्सा ड्राइभरले अन्य २ जनासँग मिलेर सामूहिक बलात्कार गरेर फरार भएका छन् ।

२२ वर्षकी ती युवती साँझ घर जानको लागि भारतको चण्डीगढको नेशनल हाइवेको सेक्टर ३६ बाट अटोरिक्सामा चढेकी थिइन् । ती युवती अटोमा चढ्दा पहिल्यै अटोमा २ जना युवक थिए । आफू जाने ठाउँ बताएपछि ती युवतीसँग अटो ड्राइभरले २० रुपैयाँ मागे । बीचमा जाँदाजाँदै अटो बन्द भयो । अटो बन्द भएपछि अटो चालकले धक्का दिएर पेट्रेल पम्पसम्म लिएर गएका थिए ।

त्यसपछि उनीहरु फर्किएर नेशनल हाइवेतर्फ नै जान लागेपछि युवतीले आपत्ति जनाइन् । उनीहरुले बाटोमा रहेको झाडीमा लगेर युवतीलाई गाली र कुटपिट गरे । ती युवतीले चिच्याउन थालेपछि उनीहरुले उनलाई त्यहीँ समातेर सामूहिक बलात्कार गरे । ती युवतीले निर्माण कम्पनीमा काम गर्ने बताइएको छ । उनले सरकारी जागिरको लागि टाइपिङ सिक्दै थिइन् र त्यस रात पनि उनी टाइपिङ सिकेर फर्कर्दै थिइन् ।

ती युवतीको पिताको केही दिन अघिमात्र मृत्यु भएको उनले बताएकी छिन् । आमा र भाइ देशरादुनमा छन् । युवतीको बिहे तय भइसकेको छ र १ महिनापछि बिहे हुँदैछ । युवतीले प्रहरीसमक्ष आफ्नी आमाले यसबारे थाहा पाए आत्महत्या गर्ने भन्दै यसबारे कसैलाई केही नभन्न आग्रह गरेकी छिन् ।

प्रहरीले उनलाई विश्वासमा लिएर मुद्दा दर्ता गराइ कारवाही अगाडि बढाएको छ । तीनै जना आरोपी फरार छन् । प्रहरीले उनीहरु भागेर गएपछिको सिसिटिभी फुटेज प्राप्त गरेको छ र त्यसैको आधारमा खोजी अगाडि बढाएको छ ।