नागिनी सिरियलकी अभिनेत्री मौनीले अक्षयको फिल्म खेल्नसाथ किन देखाइन यस्तो घमण्ड ?

एजेन्सी,५ भदौ । टिभी सिरियल नागिनी बाट चर्चा पाएकी आभिनेत्री मौनी रोयले अभिनेता अक्षय कुमारको फिल्म ‘गोल्ड’ बाट बलिउडमा डेब्यु गरेकी छन् । मौनीको डेब्यु रहेको फिल्म ‘गोल्ड’ ले फिल्म रिलिज भएको केही दिनमा नै बक्स अफिसमा ५५ करोड व्यापार गर्न सफल भएको छ । फिल्म अगष्ट १५ देखि रिलिज भएको हो ।

भारतीय सञ्चार माध्यमको अनुसार आफ्नो डेब्यु रहेको फिल्मले नै बक्स अफिसमा राम्रो व्यापार गरेपछि मौनीमा घमण्ड देखिएको बताएका छन् । उनलाई पूर्व प्रेमी मोहित रैनाको बारेमा प्रश्न गर्दा उनले एक कार्यक्रममा फोटोग्राफलाई धम्काएको सञ्चार माध्यममा खबर रहेका छन् ।

कुनै समय मौनी र मोहितलाई सँगै राखेर विवाहको कुरा गर्दा लाजले हाँसेकी मौनीले अहिले मोहित को हो चिन्दीन समेत भन्न भ्याइन् । फिल्ममा खेल्न सुरु गरेपछि मौनीमा एका एक परिवर्तन पाइएको छ ।

जब रेखाले छोइन् मनिषा कोइरालाकी माताको पाउ (भिडियो सहित)

एजेन्सी, अभिनेत्री मनिषा कोइराला ४८ वर्ष लागेकी छन् । हिजो मुम्बईमा उनले आफ्ना बलिउडका नजिकका मित्रजन संग आफ्नो जन्मदिन मनाएकी छन् जहाँ बलिउडका चर्चित हंस्तीहरुको उपस्थिति थियो । उनको जन्मदिनमा उनलाई साथ दिन आएकी एउटी अभिनेत्री थिइन् रेखा ।

सेतो गाउनमा सजिएकी रेखाले कार्यक्रममा आउनासाथ मनिषा कोइरालाको माताको पाउ छोइन् । जुन दृश्य निकै सुन्दर देखिन्थ्यो ।
त्यसपछि उनले मनिषालाई अँगालो हाल्दै चुम्मनको बर्षा नै दिइन् । बलिउडमा अभिनेत्री रेखा र मनिषा कोइराला निकटका साथी मानिन्छन् ।