बागलुङमा मध्यराती रुवाउने घटना : रिप ऊहाँहरुको आत्माले शान्ति पाओस !!

बागलुङ, १२ असार । बागलुङ जिल्लामा भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ ।

बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उहाँकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमै सुतिरहेको बेलामा एक्कासि खसेको ठूलो पहिरोमा परी उनीहरुको ज्यान गएको हो । पहिरोमा पुरिएका मृतक तीनै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताए ।

इलाका प्रहरी कार्यालय, बरेङको प्रहरी टोली र स्थानीयवासी बिहानैदेखि उद्धारमा खटिएका थिए । घरसँगै गोठ पनि पहिरोले बगाएको जनाइएको छ । मृतक क्षेत्रीका दुई छोरी भने पढाइको सिलसिलामा बाहिर रहेको बुझिएको छ ।

रातभर परेको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि ठूलो भौतिक क्षति पु¥याएको छ । बरेङ गाउँपालिकाका–२ हुग्दीशिरको ब्राहकोट प्रावि पहिरोले क्षतिग्रस्त बनेको जनाइएको छ ।

यस्तै, हुग्दीखोलामा आएको बाढीले कैयौँ रोपनी खेत बगरमा परिणत भएको स्थानीयवासी प्रकाश छन्त्यालले बताए । जिल्लाभर भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, भिषण वर्षापछि गएराति गएका पहिराले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेको छ ।

गलकोट नगरपालिका–७ को बाँस्खोला, आँगाखेत र वडा नं ३ हटियामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध बनेको हो । जिल्लाको पश्चिम भेगबाट छोटो तथा लामो दूरीमा चल्ने यातायात रोकिएको जनाइएको छ । गलकोट क्षेत्रका अधिकांश ग्रामीण सडक पनि पहिराले अवरुद्ध बनाएको वडा नं ३ का अध्यक्ष वीरजंग भण्डारीले बताउनुभयो ।

पहिरो हटाई लोकमार्ग सुचारु गर्न प्रयास भइरहेको हटिया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक टेकबहादुर खाडामगरले बताए । रातभर परेको अविरल वर्षापछि जिल्लाभरको जनजीवन प्रभावित भएको छ । रासस

भिषण वर्षापछि गएराति गएका पहिराले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेको छ ।

गलकोट नगरपालिका–७ को बाँस्खोला, आँगाखेत र वडा नं ३ हटियामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध बनेको हो । जिल्लाको पश्चिम भेगबाट छोटो तथा लामो दूरीमा चल्ने यातायात रोकिएको जनाइएको छ । गलकोट क्षेत्रका अधिकांश ग्रामीण सडक पनि पहिराले अवरुद्ध बनाएको वडा नं ३ का अध्यक्ष वीरजंग भण्डारीले बताउनुभयो ।

“ठाउँठाउँमा गएको पहिराले मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्घ छ,” अध्यक्ष भण्डारीले भन्नुभयो, “पहिराले अन्यत्र पनि भौतिक क्षति पु¥याएको खबर आइरहेका छन् ।”

पहिरो हटाई लोकमार्ग सुचारु गर्न प्रयास भइरहेको हटिया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक टेकबहादुर खाडामगरले बताउनुभयो । रातभर परेको अविरल वर्षापछि जिल्लाभरको जनजीवन प्रभावित भएको छ ।

खेल सुरु हुनुपूर्व हरेक खेलाडीका साथ बालबालिका मैदान किन प्रवेश गराइन्छ ?

एजेन्सी । अन्तर्राष्ट्रिय र कतिपय राष्ट्रिय खेलमा समेत खेल सुरु हुनुपूर्व हरेक खेलाडीका साथ बालबालिकाले पनि मैदान प्रवेश गर्ने गर्छन् । यसरी आफ्ना देशका खेलाडीको हात समातेरै आउने यी बालबालिकाहरु राष्ट्रिय गान गाउन्जेलसम्म उनीहरुसँगै उभिएका हुन्छन् । यिनीहरुलाई ‘मस्कोट’ अर्थात शुभ संकेत पनि भनिन्छ ।

बास्तवमा बालबालिकालाई निर्दोषपना र सरलताको प्रतीक मानिने हुनाले नै खेलको शुभ आरम्भका लागि यसरी सँगैसँगै ल्याइने गरिएको बताइन्छ । यो ९० को दशकदेखि चलिआएको परम्परा हो । विशेषगरी ६ देखि १८ वर्षसम्मका बालबालिकाहरु हरेक खेलको सुरुवातमा आफ्नो साथमा झन्डा बोकेर वा बल समातेर पनि आउने गरेका छन् ।

विगत १९९० देखि नै एउटा टिमको प्रतिनिधिका रुपमा एक बालक वा हरेक खेलाडीका साथ एकजना आउने गरेका हुन् । युइएफए २००० पहिलो खेल थियो जहाँ हरेक खेलाडीका साथ एक बालक उपस्थित भइ खेलको शुभ सुरुवात गरेका थिए । वास्तवमा यी बालबालिकाहरु युवा टिममा आवद्ध हुन्छन् वा कुनै प्रतियोगितामा विजेता भएकाहरुलाई पनि यस कार्यका लागि छनोट गर्ने गरिएको छ ।

गत २००२ को विश्वकप र युरोपियन च्याम्पियन्समा भने प्रायोजक मेक्डोनाल्सले आयोजना गरेको प्रतियोगिताको आधारमा यी ‘मस्कोट’ हरुको चयन गरिएको थियो जसको उपस्थितिले खेल शान्तिमय र शुभ हुने विश्वास गरिन्छ ।

त्यसैगरी बालअधिकारको प्रचार गर्ने अभियान अन्तर्गत पनि खेलमा यी साना बालबालिकाहरुलाई आफ्ना देशका प्रख्यात खेलाडीसँग मैदानमा आउने अवसर दिइन्छ । यसरी एक पुस्ताका खेलाडीले अर्को पुस्तालाई मैदानसम्म ल्याएर नयाँ उत्साह र हौसला प्रदान गर्ने हुनाले पनि यस परम्परालाई अझैसम्म कायमै राखिएको बताइन्छ । त्यस्तै कतिपय अवस्थामा जस्तै कि नेदरल्यान्डस्को चर्चित क्लब ‘एजेक्स एम्सटर्डम’ ले ‘मदर्स डे’ अर्थात आमाहरुको विशेष दिनका दिनमा अयोजना गरेको म्याचमा सबै खेलाडीलाई आ–आफ्ना आमाका साथ मैदानमा प्रवेश गराइएको थियो भने ब्राजिलमा साओ पौलोका खेलाडीहरुले चाहिँ आफूसँग कुकुर ल्याएका थिए ।

बाहिरी कुकुरको समस्या सम्बन्धी चेतना फैलाउने अभियान अन्र्तगत उनीहरुले यसो गरेका हुन् ।

इङ्ल्यान्डका कीर्तिमानधारी कप्तान वायर्न रुनी पनि बाल्यकालमा यसैगरी ‘मस्कोट’ बनेका थिए । त्यस्तै यसको अर्को कारण भनेको खेलाडीहलाई सुरक्षित राख्नका निम्ति पनि हो । मैदानमा प्रवेश गरिरहँदा खेलाडीहरु दर्शकको धेरै नजिक हुने हुँदा कतिपय आक्रामक फ्यानहरुले उनीहरुमाथि हमला गर्ने सम्भावना पनि उत्तिकै हुन्छ । त्यसकारण बालबालिकाहरुलाई साथमा राख्दा खेलाडीहरुको सुरक्षा सुनिश्चित हुने हुनाले पनि यस्तो परम्परा थालिएको मानिन्छ । कतिपय बाबुआमाले भने शुल्क तिरेर समेत आफ्ना बच्चाहरुलाई देशका प्रख्यात खेलाडीहरुसँग अन्तरक्रिया गर्न ‘मस्कोट’का रुपमा पठाउने गर्दछन् ।

श्रोत– विकिपिडीया र अन्तर्राष्ट्रिय संचार माध्यम हामीले १२ खबरी बाट