फेरि ह्वातै घट्यो सुनचाँदीको मुल्य : पुरा पढ्नु होस तपाई दंग पर्नुहुपुरा हेर्नुसहोस ।

काठमाडौं – आज साउन महिनाको अन्तिम दिन नेपाली बजारमा लगातार घटिरहेको सुनको मुल्य एक्कासी तोलामा ४ सय रुपैयाले घटेको छ।आज तेजावी सुनको मूल्य प्रतितोला ५५ हजार ३ सय रुपैयामा कायम रहेको महासंघले जनाएको छ। हिजो प्रतितोला ५६ हजार रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मुल्य आज तोलामा ५५ हजार ६ रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी अस्तिको तुलनामा तेजावी सुनको मुल्यमा पनि ४ सय रुपैयाले घटेका ेछ।

भने आज चाँदीको मुल्य तोलामा १५ रुपैयाले घटेको छ । प्रतितोला ७ सय ३० रुपैयामा कारोबार भएको चाँदीको मुल्य तोलामा ७ सय १५ रुपैयाँमा कायम रहेको महासंघले जनाएको छ।

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर
काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ रुपैयाँ ९० पैसा रहेको छ ।आज पनि बुधबार जस्तै साउदी र कतारी रियालको मूल्य उस्तै छ ।त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रिदर ३० रुपैयाँ ८० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रिदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ ।

कोरियन वनको सटही दर पनि बुधबारको तुलनामा केही पैसा घटेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ७४ पैसा र बिक्रिदर २ सय ९७ रुपैयाँ ३४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रिदर ९ रुपैयाँ ८७ पैसा रहेको छ ।मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रिदर २७ रुपैयाँ ३३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६७ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर ३ सय ६९ रुपैयाँ २५ पैसा रहेको छ ।