बिहानै आयो दुखद खबर : पृथ्वीराजमार्गमा ट्रक र बस ठोक्किदा १६ जना गम्भीर घाइते

आज बिहान पृथ्वीराजमार्गमा बस र ट्रक एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३२९३ नं को ट्रक ठोकिएका हुन् ।दुर्घटनामा गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका पोखरास्थित मणिपाल अस्पताल लगिएको छ। पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङ दुर्घटना भएको हो ।अन्य घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना लगत्तै तत्काल उद्दार भएको हुदा ठुलो मानवीय क्षेती हुन नपाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

source:onlinepalanchok

विदेशबाट पैसा पठाउनेहरुलाई खुशीको खबर ! आज बुधबारका लागि साउदी, कतार, मलेसिया लगाएत विभिन्न देशको मुद्राको सटहीदर यस्तो छ….

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ रुपैयाँ ९० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रिदर ३० रुपैयाँ ८० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रिदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २२ पैसा र बिक्रिदर २७ रुपैयाँ ३७ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रिदर ९ रुपैयाँ ९४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६७ रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर ३ सय ६९ रुपैयाँ ६७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ७८ पैसा र बिक्रिदर २ सय ९७ रुपैयाँ ३७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।