दाईजो नल्याएपछि सासुससुरा मिलेर बुहारीलाई बेचे !

केही महिना अगाडी नेपालगञ्जमा एक महिलालाई दाईजो नल्याएको निहुँमा जलाइयो । यस्ता घटना हाम्रो समाजमा व्यापक छन् । भर्खरै यस्तो घटना फेरि सार्वजनिक भएको छ ।

दाइजो नल्याएपछि सासु-ससुरा मिलेर बुहारीलाई बेच्न खोजेका छन् । भारतको मध्य प्रदेशको टीकमगढ़ जिल्लामा एक युवतीले दाइजो नल्याएपछि सासु-ससुराले बेच्ने खोजेको बताएकी छिन् ।

सुमन रैकवार नामकी ती युवतीले सोमबार सञ्चारकर्मीलाई बताएअनुसार शनिवारको दिन ससुरालबाट बेच्नका लागि ग्वालियर लैजाँदै थिए, बेच्न लग्न लागेको थाहा पाएपछि त्यही बेला उनी भागेर माईत आएकी थिईन् । त्यसपछि उनले प्रहरी अधिकारीलाई घटनाबारे जानकारी गराएकी थिईन् ।

सुमनको विहे दुई वर्ष पहिले पूर्व भिटाराका अशोक रैकवारसँग भएको थियो । सुमन बड़ागाउँमा बस्दै आएकी थिईन् । सुमनको आरोप छ, विहेपछि दाईजो नल्याएको भन्दै उनलाई पति र सासु दुव्र्यवहार गर्थे, धेरैपटक त उनलाई कुटपिट समेत गरे ।

टीकमगढका प्रहरी अधिकारी निमिष अग्रवालले आईएएनएसलाई बताए अनुसार पीडित सुमनले सोमवार आफ्ना पति सासु ससुराविरुद्ध उजुरी दर्ता गराएकी छिन् । ‘यो घटनाको अनुसन्धान हुँदैछ, र त्यसपछि मात्रै कारबाही प्रक्रिया अगाडि बढ्छ ।’ प्रहरी अधिकारी अग्रवालले बताए । पीडित सूमन अहिले माइतीको शरणमा छिन् । एजेन्सी